नियम ६
संयुक्त बैठकको अध्यक्षता
(१) संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्नेछ ।
(२) सभामुखको अनुपस्थितिमा राष्ट्रिय सभाको अध्यक्षले संयुक्त बैठकको अध्यक्षता गर्नेछ । सभामुख र अध्यक्ष दुबैको अनुपस्थितिमा उपसभामुखले तथा उपसभामुखको अनुपस्थितिमा उपाध्यक्षले संयुक्त बैठकको अध्यक्षता गर्नेछ ।
(३) उपनियम (२) बमोजिम संयुक्त बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई त्यसरी अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार हुनेछ र बैठक सञ्चालनको सन्दर्भमा यस नियमावलीमा प्रयोग भएको “सभामुख” भन्ने शब्दले निजलाई समेत जनाउँछ ।